प्रदेश २ मा स्वास्थ्य सामग्री खरीदमा करोडौं रुपियाँको भ्रष्टाचार

Advertisement

जनकपुरधाम । कोरोना भाइरस संक्रमण नियन्त्रण, रोकथाम तथा व्यवस्थापनका निमित्त महँगोमा स्वास्थ्य सामग्री खरिद गरी अनियमितता गरेको पाइएको छ। सप्तरीको राजविराज, धनुषाको जनकपुर र रौतहटको गौरमा कोरोना परीक्षणका लागि ‘रियल टाइम’ पीसीआर मेसिनसहित विभिन्न १४ थान उपकरण खरिदमा करोडौं भ्रष्टाचार भएको पाइएको हो।

प्रदेश २ सामाजिक विकास मन्त्रालयले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत आरडीटी–पीसीआरसँग सम्बन्धित उपकरण खरिदमा बजार मूल्यभन्दा धेरै २ करोड ८२ लाख १६ हजार १ सय रुपैयाँमा खरिद गरेको छ। तर, सोही मेसिन र उपकरण २ करोड ६९ लाख ९५ हजार ७ सय रुपैयाँमा उपलब्ध गराउन तयार फर्मको बोलपत्र रद्द गरिएको छ। खरिद प्रतिस्पर्धामा सहभागी भएका फर्ममध्ये सस्तोमा दिनेबाट खरिद नगरी महँगो दर रेटमा खरिद गरेर करोडौं भ्रष्टाचार गरेको पाइएको छ। 

Advertisement

पीसीआर परीक्षणमा प्रयोग हुने १४ सामग्रीसहितका उपकरण सरकारले २ करोड ४९ लाख ७० हजार रुपियाँमा किनेको छ। जसमा ३२ लाख ४६ हजार १ सय रुपियाँ भ्याटसमेत जोडेर पूरै लागत २ करोड ८२ लाख १६ हजार १ सय रुपियाँ पर्न गएको छ। तर, उल्लेखित सबै सामग्री राइनले कुल २ करोड ६९ लाख ९५ हजार ७ सय रुपियाँमा उपलब्ध गराउन प्रस्ताव गरेको भए पनि उनको बोलपत्र रद्द गरिएको छ।

यसैगरी, पछिल्लो पटक रौतहट गौरमा जडान गरिएको पीसीआर मेसिन एन्ड एक्स्ट्र्याक्सनसहितका स्वास्थ्य सामग्री खरिदमा समेत कम मूल्यको कम्पनीलाई पन्छ्याएर बढी मूल्य पर्ने कम्पनीसँग मेसिन खरिद गरिएको छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरले झन्डै २१ लाख बढी पर्ने कम्पनीसँग सम्झौता गरेर मेसिन खरिद गरेको पाइएको छ। 

अन्नपूर्ण पोष्ट दैनिकबाट ।

Advertisement

Advertisement