जनरल इन्स्योरेन्सको आईपीओ भर्ने अन्तिम दिन आज, ७ गुणा बढी परिसक्यो आवेदन

Advertisement

काठमाडौँ । जनरल इन्स्योरेन्स कम्पनीको  आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । यही ११ गते निष्काशन खुला भएको उक्त कम्पनीको आईपीओ आज साँझ ५ बजेसम्म भर्न सकिने धितोपत्र बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ । 

उक्त कम्पनीको आइपीओमा ७ गुणा भन्दा बढी आवेदन परिसकेको छ । हिजो साँझ ५ बजेसम्म ६ लाख ८१ हजार ३७३ जनाले १ अर्ब ९१ करोड ६१ लाख ९९ हजार रुपियाँ बराबरको आवेदन भरिसकेका छन् । 

Advertisement

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपियाँ रहेको छ । आइपीओ निष्कासन पछि चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।

तलको लिंक पनि क्लिक गर्नुहोस्ः 

जनरल इन्स्योरेन्स कम्पनीको ३० करोड रुपियाँको आईपीओ खुला, कति कित्ता भर्ने ? 


 

Advertisement

Advertisement