इंग्लिस फुटबल लिगमा चेल्सीमाथि टोटेनहमको जित

Advertisement

काठमाडौँ । इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको चौथो चरणको खेलमा टोटेनहम हस्टपरले प्रिमियर लिग प्रतिद्धन्द्धी लन्डन क्लब चेल्सीलाई पराजित गरेको छ ।

मंगलबार राति भएको खेलमा टोटेनहमले पेनाल्टी सुटआउटमा चेल्सीमाथि ५–४ को जित हात पार्दै अघिल्लो चरणमा स्थान बनाएको हो । 

Advertisement

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा लिएको थियो । अन्तिम पेनाल्टीमा चेल्सीका मासन माउन्ट चुक्दा टोटेनहमका ह्यारी केनले निर्णायक गोल गरेका थिए । (एजेन्सीहरुबाट)

Advertisement

Advertisement