शिवमको फरक शैलीः विषमतामा मोवाइल एपबाटै सिमेन्ट खरीद गर्ने सुविधा

Advertisement

काठमाडौं । सिमेन्ट उत्पादनका क्षेत्रमा स्थापित ब्राण्ड शिवमले उपभोक्तालाई मोवाइल एप्लिकेशन बाटै सिमेन्ट खरिद गर्न सकिने फरक शैली अपनाएको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमका कारण स्वास्थ्य सुरक्षा सावधानी अपनाउनुपर्ने अहिलेको विषम् परिस्थितिमा मोवाइल एपबाटै सिमेन्ट खरीद गर्न सकिने सुविधा सुरु गरेको हो । 

सार्वजनक गरेको छोटो समयमै ग्राहक माझ लोगप्रिय बनेको “शिवम् मोवाईल एप” निर्माणकर्मीहरुमाझ सजिला सिमेन्ट खरिद गर्ने माध्यम बनेको हो । शिवम् मोवाईल एप प्रयोग समुहलाई लक्षित गर्दै शिवमले यस एपलाई नेपाली भर्जन समेत छिटै सार्बजनिक गर्ने तयार गरेको छ । मोवाइल एपबाटै सिमेन्ट खरीद गर्न सकिने शिवमको यो तरिका सिमेन्ट क्षेत्रकै पहिलो प्रयास हो । ‘अहिलेको विषम परिस्थितिमा आफूले रुचाएको सिमेन्ट ब्राण्ड खरीद गर्न असहज नहोस भनेर डिजिटल प्रविधिमार्फत सेवा दिएका छौं, शिवमको भनाई छ ।

Advertisement

जनताको स्वास्थ्य सुरक्षामा पनि सहयोग पुगोस र मुलुकको निर्माण कार्यले पनि निरन्तरता पाओस भनेर सिमेन्ट खरिद गर्न एप सार्वजनिक गरिएको हो । शिवमको मोवाइल एप गुगल प्लेस्टोर र एपस्टोर दुवैबाट डाउनलोड गर्न सकिन्छ । एपमार्फत सहज प्रक्रियाबाट सुपथ मुल्यमा आफूलाई चाहिएको परिमाणमा सिमेन्ट खरीद गर्न सकिने कम्पनीको भनाई छ । ग्राहकले गरेको अर्डरलाई कम्पनीले निर्माण स्थलमै डेलीभरी दिनेछ । साथै मोवाईल एपमा नै सिमेन्टको निश्चित मुल्य निर्धारण गरिएको हुनाले ग्राहकहरु सिमेन्टको मुल्यमा समेत विश्वस्त रहन सक्ने छन् ।

भुक्तानीको लागि ग्राहकलाई पायक पर्ने सहज माध्यम डिजिटल भुक्तानी सेवाप्रदायक खल्ती, इसेवा, कनेक्ट आईपीएस वा नगदै भुक्तानी गर्न सकिने सुविधा पनि मिलाएको छ । एपको माध्यमबाट ग्राहकहरुले गरेको अर्डरलाई कम्पनीले सहज व्यवस्थापनका साथ उचित मूल्यमा समयमै तोकिएको स्थान तथा समयमै डेलिभरी दिनेछ । झन्झटरहित सरल अर्डर प्रक्रिया भएको र भुक्तानीका लागि विभिन्न सहज सुविधाहरु भएको हुनाले ग्राहकहरुको लागि शिवम् सिमेन्ट खरिद गर्न यो एप अत्यन्तै प्रभावकारी भइरहेको कम्पनीको भनाई छ ।  

गुणस्तर नै आफ्नो पहिचान भएको र गुणस्तरिय सिमेन्ट उत्पादनमा कहिल्यौ सम्झैता नगर्ने शिवम सिमेन्टले हाल सालै मात्र सिमेन्ट जगतमै पहिलो पटक नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्रदान गरिने N.S. Quality Award-2019 बाट प्रथम भई पुरस्कृत भएको छ । यो अवार्ड विभागले हरेक वर्ष नेपाल गुणस्तर चिन्ह प्राप्त सम्पुर्ण उद्योगहरु मध्ये खुल्ला प्रतिस्पर्धा गरी निरन्तर सर्वोत्कृष्ट बस्तु उत्पादन गर्ने, सम्पूर्ण उत्पादन प्रक्रिया र उत्पादित बस्तुको स्वतन्त्र परिक्षणबाट उच्च गुणस्तरको बस्तु उत्पादन र विक्रि वितरण गर्ने उद्योगलाई सम्मान स्वरुप प्रदान गर्ने अवार्ड हो ।

सिमेन्ट बजारको बढ्दो प्रतिस्पर्धामा अव्वल सावित हुदै देशकै नं १ ब्राण्डका रुपमा स्थापित हुनु शिवम्को लागि चाचुने कुरा होईन । हरेक चुनैतिलाई पार गर्दै स्थापना काल देखि नै आफ्नो उत्पादन, उत्पादन देखि विक्रि वितरण तथा बजार हुदै ग्राहकसम्म निरन्तर गुणस्तरिय सिमेन्ट विक्रि वितरण, विक्रि पछिको प्राविधिक सेवा तथा अन्य व्यवस्थापनका कारणले आफू पहिलो स्थानमा रहन सफल भएको कम्पनी प्रतिनिधी बताउछन् । 

‘क्वालिटिको मामलामा नो कम्प्रोमाइज’ नाराका साथ आगाडि बढिरेको शिवमले शिवम सिमेन्ट तथा शिवम् प्लस सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको छ । देशका विभिन्न ठुला तथा राष्ट्रिय गौरवका आयोजनाहरुमा समेत शिवम सिमेन्टको प्रयोग हुर्दै आहिरेको छ । 

शिवम् सिमेन्ट लिमिटेडले नेपाल सरकारबाट एनएस चिन्ह अर्थात नेपाल गुणस्तर चिन्ह, एन.एस आई.एस.ओ. प्रमाणपत्र (NS/ISO 14001:2015, NS/ISO 9001:2015),  यू.आर.यस. आइएसओ प्रमाण पत्र (ISO 9001:2015, ISO 14001:2015, ISO 18001:2007) तथा Bureau of Indian Standards (BIS) प्रमाणपत्र प्राप्त गरेको छ ।

शिवमले घर तथा भवन निर्माणकर्ताहरुका लागि निर्माण स्थलमै पुगी निर्माण विशेषज्ञ प्राविधिक टोलीमार्पmत विभिन्न प्राविधिक परामर्श तथा परीक्षण सेवा पनि निःशुल्क रुपमा प्रदान गर्ने गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस अभियान सञ्चालन गर्ने गरेको कम्पनीको भनाई छ ।  शिवमको प्राविधिक टोलीले सिमेन्टको कम्प्रेसिभ स्ट्रेन्थको परीक्षण गर्ने, निर्माण कार्यबारे

प्राविधिक जानकारी प्राप्त गर्ने, निर्माण सामग्रीहरुको मिश्रण तथा कार्यक्षमताका विषयमा जानकारी लिने, वाल र प्लास्टर लगाउने सही तरिकाबारे जानकारी दिने जस्ता काम गर्छ । शिवम्को ‘निर्माण विज्ञ परामर्श’ सेवाका लागि निशुल्क टोल फ्रि नं. १६६००१२३३२१ (एनटिसी) ९८०१५७५५७५ (एनसेल) मा फोन गर्नुपर्ने हुन्छ । 

त्यस्तै सामाजिक उत्तरदायित्व अन्तर्गत नै शिवमले स्वास्थ्यचौकीलाई एम्बुलेन्स दिने देखि सडक निर्माण, खानेपानी व्यवस्थापन, विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण, शैक्षिक छात्रवितृ वितरण, तथा स्वास्थ्य चौकी संचालनमा सहयोग, निशुल्क स्वास्थ्य शिविर, वातावरण व्यस्थापन, वृक्षारोपण, कोभिड १९ को समयमा आईसोलेशन बेड स्थापना, खाद्यान्न तथा लत्ताकपडा वितरण जस्ता विभिन्ध कार्यक्रमहरु गर्दै आएको छ ।

Advertisement

Advertisement