मलेसिया बसेर गुण्डागर्दी र अपहरण गर्ने दुर्गाबहादुर श्रेष्ठ (डेभिड) प्रहरीको फन्दामा

Advertisement

काठमाडौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मलेसियामा बसेर अपहरण तथा शरीर बन्धक गर्ने गरेको अभियोगमा डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ ।

सीआईबीले पीडितको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जनाएको हो । उनलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ । 

Advertisement

ूमोरङको साविक सुन्दरपुर ५ स्थायी बसोबास भई हाल मलेसिया स्थित टप ग्लोब कम्पनीमा नेपाल कर्नर क्यान्टिन संचालन गरी बस्ने वर्ष  ४४ बर्षीय डेभिड, भुटान माईतिघर भएकी उनकी श्रीमती धनमाया श्रेष्ठ तथा घर ठेगाना एकिन नभएको डेभिडको ड्राईभर श्याम नेपाली समेतले डेभिडको योजना बमोजिम मलेसियामा नै काम गर्ने दाङ वडा नं १५ पहरुवा बस्ने मध्म रैदासलाई अपहरण गरी सात दिनसम्म बन्धक बनाई पीडितकी श्रीमतीलाई मलेसियाका विभिन्न नम्बरबाट फोन गरी हिमालयन बैंकको आफ्नो खातामा मलेसियन ६० हजार रिङगेट हाले मात्र श्रीमानको ज्यान रहने नत्र मारिदिने भनी फिरौती बापतको १५ लाख ९२ हजार रुपियाँ पटक पटक गरी जम्मा गर्न लगाएर अपहरण मुक्त गरेका थिए । 

डेभिडले पीडितको राहदानी आफ्नो कब्जामा लिई नेपाल आउन समेत नदिई अघोषित रुपमा हालसम्म पनि बन्धक जस्तै बनाई राखेका थिए । डेभिड हाल नेपाल आएको भन्ने गोप्य सूचनाका आधारमा खोजतलास गर्ने क्रममा निजलाई काठमाडौंको कान्तीवाल अस्पताल स्थित सडकमा बा. १४ च. २११२ नं. को भक्सवागन कम्पनिको जिपमा चढी वाँसवारीबाट पानीपोखरी तर्फ गइरहेको अबस्थामा पक्राउ गरेको सीआईबीको भनाई छ । 

डेभिडले मलेसियामा काम गर्न गएका गरिब सोझा नेपाली कामदारहरुलाई धम्काई रकम असुल गर्ने तथा कुटपिट गरी गुण्डागर्दी गर्ने समेतको बुझिन आएको र अन्य व्यक्तिहरुलाई समेत उसले मध्म रैदासलाई  गरे जस्तै अपराध गरेको हुनसक्ने देखिएकोले अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । 

Advertisement

Advertisement