शुक्रबार भर्चुअल प्रविधिद्वारा अष्ट्रेलियन एजुकेशन फेयर हुने

Advertisement

काठमाडौं । शैक्षिक कन्सल्टेन्सी एजुकेशन प्लानेटले यही आउदो असोज १६ गते शुक्रबार भर्चुअल प्रविधिद्वारा अष्ट्रेलियन एजुकेशन फेयर आयोजना गर्ने भएको छ । 

अष्ट्रेलियाका २० भन्दा बढी विश्वप्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरुको सहभागीता रहने मेलामा नेपाल लगायतका विभिन्न देशहरुबाट अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीहरु सहभागी भई प्रत्यक्ष लाभ लिन सक्ने कम्पनीका कार्यकारी निर्देशक नयन लामिछाने बताए । 

Advertisement

उनका अनुसार मेलाबाट विद्यार्थी तथा अभिभावकहरुले विश्वविद्यालयका प्रतिनिधिहरुसंग प्रत्यक्ष संवाद गर्न सक्नेछन ।

मेलावाट विद्यार्थीहरुले आफ्नो शैक्षिक योग्यता अनुसारको छात्रवृत्ती, निःशुल्क आवेदन तथा अन्य बिशेष छुटहरु प्राप्त गर्नुका साथै अध्ययन गर्न जान चाहेका विश्वविद्यालयहरुमा सिट सुनिश्चित समेत गर्न सक्ने कम्पनीका कार्यकारी प्रमुख सविन पण्डित क्षेत्रीले बताए ।


यस विषम परिस्थितीमा पनि इप्लानेटले आयोजना गर्न लागेको ये मेला, बर्षकै बृहत मेला हुने र सहभागि सम्पुर्ण अभिभावक तथा विद्यार्थीहरुको जिज्ञासाको समाधान गर्नसक्ने कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement