डिश मिडियाको आईपीएल लिग अभियानः डिशहोम आईपीएल ट्वान्टी ट्वान्टीको मज्जा

Advertisement

काठमाडौं । डिशहोमले क्रिकेटमा हुन गइरहेको महोत्सवका लागि आफ्नो डिजिटल अभियान अनाबरण गरेको छ । डिश मिडिया नेटवर्कले सञ्चालक गरेको डीटीएच सेवा प्रदायक डिशहोमले यस योजना कार्यान्वयन आईपीएल क्रिकेट लिग २०२० को लागि सुचीकृत गरिएको एजेन्सी मार्स प्रालिले गर्ने जनाइएको छ । 

कोभिड १९ महामारीका कारण विगत छ महिनादेखि देशले कठिन र तनावपूर्णस्थिति झेरिरहेको भन्दै डिशहोले क्वारेन्टिनमा बसिरहेका ग्राहकहरुलाई अहिलेको अवस्थामा अहिलेको एक मात्रै विकल्प टिभी वा इन्टरनेट हुन गएको जनाएको छ । 

Advertisement

आईपीएल ट्वान्टी ट्वान्टी क्रिकेट लिग उचाईमा पुगिरहेको अवस्थामा देशभित्र रहेका लाखौं क्रिकेटप्रेमी फ्यानहरुसँग डिजिटल्ली जोडिन सकिने र आफ्नो फलोअर बेस बढाउन सकिने अवसरको रुपमा आफू अघि बढेको भन्दै डिशहोमले यस अभियानको विषयवस्तु अन्तर्गत दर्शकहरुको डिजिटल सक्रियताका लागि डीएच२०२० को मज्जा जारी गरेको डिशहोमको भनाई छ । 

कम्पनीले आफूहरुको उद्देश्य महामारीको समयमा आफ्ना दर्शकहरुलाई एचडीको मज्जा प्रदान गर्नु हो भन्दै आफूले ल्याएको अवधारणा प्रभावकारी रहेको र यसले दर्शकहरुलाई प्रत्यक्ष मैदानमा जसरी जोश र उत्साह जगाउने जनाएको छ । 

क्रिकेटप्रति उत्सुक दर्शकहरुलाई फेसबुक, युट्युवमा डिजिटल एक्टिभेशन आयोजित गरिएको जानकारी दिँदै डिशहोमले क्रिकेटसम्वन्धी गतिशील पोष्टहरु जस्तै विभिन्न भिडियो र म्याच हाइलाइटहरु दिनदिनै आउने र प्रत्येक डिजाइन तथा रंगहरुले दर्शकहरुको खेलप्रतिको उत्साह झल्काउने डिशहोमको विश्वास छ । टिममा सामेल हुन र डिशहोमको अनुभव लिन कम्पनीले आग्रह पनि गरेको छ । 

Advertisement

Advertisement