जनरल इन्स्योरेन्सको आईपीओमा ८ लाख १६ हजार ३६ जनाको आवेदन

काठमाडौँ । जनरल इन्स्योरेन्स कम्पनीको सर्वसाधारण शेयर(आईपीओ)मा माग भन्दा ८.२८ प्रतिशत बढी आवेदन परेको छ । 

कम्पनीले असोज ११ गते आईपीओ निष्काशन खुल्ला गरी आज निष्काशन बन्द गरेको हो । आईपीओमा आज साँझ ५ बजेसम्म ८ लाख १६ हजार ३६ जनाले २ करोड २६ लाख २१ हजार ७ सय कित्ताका लागि आवेदन दिएको सीडीएसले जनाएको छ । लगानीकर्ताहरुले २ अर्ब २६ करोड २१ लाख ७० हजार रुपियाँ बराबरको आवेदन दिएका हुन् । 

कम्पनीले असोज ११ गतेबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३० लाख कित्ता आइपीओ जारी गरेको हो । जस मध्ये १ लाख २० हजार कित्ता अर्थात् ४ प्रतिशत शेयर कर्मचारीलाई छुट्याएको थियो ।

त्यसैगरी १ लाख ५० हजार कित्ता अर्थात् ५ प्रतिशत म्युचुअल फण्डहरुका लागि छुटयाइएको बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले जनाएको छ । बाँकी रहेको २७ लाख ३० हजार कित्ता शेयरमा मात्र सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

हाल यस कम्पनीको चुक्ता पुँजी ७० करोड रुपियाँ रहेको छ ।  आइपीओ निष्कासन पश्चात चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।