अब पनि बढी शुल्क लिए निजी ल्याबको दर्ता खारेज, यसअघि लिएको बढी रकमबारे मन्त्रालय मौन

Advertisement

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब पनि बढी शुल्क लिए निजी क्षेत्रका ल्याबहरुको दर्ता खारेज गर्ने चेतावनी दिएको छ । मन्त्रालयले आठ वटा निजी ल्याब तथा निजी अस्पतालहरुले पीसीआर टेष्टममा सरकारले तोकभन्दा बढी शुल्क उठाइरहेको भन्दै उनीहरुलाई अब पनि तोकिएभन्दा बढि शुल्क लिएर दर्ता खारेज गर्ने चेतावनी दिएको हो । 

तर, त्यस्ता ल्याबहरुले यसअघि उठाएको अतिरिक्त शुल्कबारे भने मन्त्रालय मौन बसेको छ । निजी ल्याबहरुले सरकारले तोकेभन्दा दोब्बर बढिसम्म शुल्क लिएर पीसीआर गरेका तथ्यहरु सार्वजनिक हुँदै आएका छन् । गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमनमा ललितपुरको स्टार अस्पताल, बीएण्डबी अस्पताल, नेपाल मेडिसिटी, कमलपोखरीको सेन्ट्रल डायगनोस्टिक ल्याबरोटरी एण्ड रिसर्च सेन्टर, लाजिम्पाटको सुरिया हेअल्थ केयर, धुम्बराहीको ह्याम्स, सिनामंगलको डीकोड जिनोमिक्स एण्ड रिसर्च सेन्टर, थापाथलीको इन्टरपिड डायगनोस्टिक सेन्टरले तोकिएभन्दा बढि शुल्क लिने गरेको प्रमाण भेटिएको थियो । 

Advertisement

इन्सिडेन्ट कमाण्ड सिस्टमले यसअघि उठाएको शुल्कका विषयमा कारवाही गर्न कुनै निर्देशन नदिएको भन्दै मन्त्रालयले उनीहरुले यसअघि उठाएको अतिरिक्त शुल्कबारे मौन बसेको हो । तर, अब २४ घण्टाभित्र मूल्य समायोजन नगरे कालोबजारी ऐनअनुसार कारवाही गरिने बताइएको छ । 
मन्त्रालयका प्रवक्ता डा.जगदिश्वर गौतमले अब पनि बढि शुल्क लिए कालोबजारीमा कारवाही गर्दै प्रयोगशाला बन्द गराउने गरी गृहमन्त्रालय र बाणिज्य विभागलाई कारबाही गर्न लेखी पठाउने निर्णय भएको बताएका छन् । 

Advertisement

Advertisement