कात्तिक ७ देखि नै क्लिनफिड लागू हुन्छः प्रम ओली

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कात्तिक ७ गतेदेखि कानूनबमोजिम विज्ञापनरहित प्रसारण सेवा (क्लिनफिड) लागू हुने बताएका छन् । 

मिडिया एलायन्सको टोलीसँगको भेटमा ओलीले तोकिएकै मितिमा क्लिन फिड लागू हुने बताएका हुन् । उनले सूचनाको हकसम्बन्धी कानून अफवाहको चक्रव्यूह सिर्जना गर्न नभएको तर्क गर्दै पत्रकारको भौतिक सुरक्षाको सरकारले सतप्रतिशत सुनिश्चितता गर्ने बताए । 

Advertisement

क्लिन फिड लागू भएपछि नेपालको विज्ञपन तथा मिडिया उद्योगलाई ठूलो राहत मिल्ने आशा गरिएको छ । अहिले भारतीय विज्ञापनको नेपालमा निर्वाध पहुँच रहँदै आएको छ । 

Advertisement

Advertisement