इजरायलसँग श्रम सम्झौता र सातवटा एग्रिकल्चर सेन्टर स्थापना गर्न सम्झौता

Advertisement

काठमाडौं । नेपाल र इजरायल बीच श्रम सम्झौता र सातवटै प्रदेशमा एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स स्थापना गर्ने सम्बन्धमा हस्ताक्षर भएको छ ।

इजरायलका लागि नेपालकी राजदूत अन्जान शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच बुधबार इजरायलमा श्रम सम्झौता र कृषि क्षेत्रमा नेपाललाई सहयोग गर्ने सम्बन्धमा हस्ताक्षर भएको हो ।

Advertisement

नेपालको तर्फबाट हस्ताक्षर गर्नको लागि मन्त्रिपरिषद्ले यसअघि नै निर्णय गरेर राजदूत शाक्यलाई अख्तियारी दिइसकेको थियो ।

परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेका अनुसार एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्समार्फत नेपालमा इजरायलबाट कृषि क्षेत्रमा सुधार गर्ने र यसले गर्दा नेपालमा उत्पादन र स्वरोजगार बढ्न समेत बढ्ने बताए ।

इजरायलस्थित नेपाली राजदूतावासका द्वितिय सचिव तथा प्रवक्ता अर्जुन घिमिरेका अनुसार दुई मुलुकबीच छलफल गरेर काम अघि बढाइने भन्ने सम्झौता भएको छ । उनले अहिले नेपालको तीन जिल्लाहरु झापा, लम्जुङ र गुल्मीमा यस सम्बन्धमा सर्वेक्षण पनि भइरहेको जानकारी दिए ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement