सानिमा जनरल इन्स्योरेन्सको आइपीओ असोज २१ देखि, कति भर्ने ?

Advertisement

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले असोज २१ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । 

कुल निष्काशन मध्ये एक लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई र एक लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई छुट्याईएको छ । बाँकी २७ लाख ३० हजार कित्ता भने सर्वसाधारणको लागि निष्कासन हुनेछ । 

सानिमाको आइपीओ बिक्रि प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । न्युनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न पाइनेछ । 
असोज २१ गतेबाट निष्काशन हुने सेयर छिटोमा २५ गते र ढिलोमा कार्तिक ६ गते निष्काशन बन्द हुनेछ । 

सानिमाको चुक्ता पुँजी हाल ७० करोड रुपैयाँ छ । आइपीओ निष्काशनपछि भने त्यस्तो पुँजी एक अर्ब पुग्नेछ । नयाँ लाइसेन्स लिने निर्जिवन बीमा कम्पनीमध्ये अजोडले आइपीओ निष्काशन गरेर पनि दोश्रो बजारमा कारोबार थालिसकेको छ । जनरल इन्स्योरेन्स कम्पनीको आइपीओ निष्काशन असोज १४ गते मात्रै बन्द भएको छ । 
 

Advertisement

Advertisement

Advertisement