मुख्यसचिवमा वैरागी नियुक्त, युवराज र लोकदर्शन अमेरिका र बेलायतका लागि राजदूत सिफारिस

Advertisement

काठमाडौं । सरकारले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ । यसअघि परराष्ट्र मन्त्रालयको सचिव रहेका वैरागीलाई मुख्यसचिव बनाउन लोकदर्शन रेग्मीलाई समयअगावै राजीनामा गराउन लगाइएको थियो । 

बेलायतको राजदूत बनाउने आश्वासन दिएपछि रेग्मीले राजीनामा दिन तयार भएका थिए । उनले राजीनामा नदिएको भए वैरागी यही आउँदो असोज १८ गते अवकाश पाउँदै थिए । बिहीबारको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको हो । 

Advertisement

मन्त्रिपरिषद्ले पूर्वअर्थमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत बनाउने निर्णय गरेको छ भने रेग्मीलाई बेलायतका लागि । अर्थमन्त्रीबाट बाध्यात्मकरुपमा बाहिरिएका खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त गरी मन्त्री सरहको सुविधा प्रदान गरिएको थियो । 

Advertisement

Advertisement