सामाजिक सुरक्षा कोषका भुक्तानीहरु अब अनलाईनबाटै

Advertisement

काठमाडौँ । सामाजिक सुरक्षा कोषले राष्ट्रिय वाणिज्य बैंक मार्पmत एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस(एनपीआई)को प्रयोग गरी आफ्ना विभिन्न योजना तथा कार्यक्रम सम्बन्धी भुक्तानीहरु अनलाईनबाटै सोझै लाभग्राहीको बैंक खातामा जम्मा  गर्ने प्रकृयाको थालनी गरेको छ । 

हाल कोषले उपदान सम्बन्धी भुक्तानीका साथैे आश्रित परिवार, दुर्घटना र अशक्तता सुरक्षा योजना, औषधिउपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना लगायतका आफ्ना भुक्तानीहरु एनपीआईमा जोडिएका कनेक्टआईपीएस ई-पेमेन्ट प्रणाली मार्फत् रियल टाइम र एनसीएचएल–आईपीएस मार्फत नन–रियल टाइममा जम्मा हुने व्यवस्था गरेको छ । 

Advertisement

कोषले लाभग्राहीको दाबी अनुरोध संगै बुझाइएको बैंक खाताका विवरण अनुरुप अनलाईन भुक्तानी प्रदान गर्नेछ । पहिले चेकमार्पmत गर्ने गरिएका यी भुक्तानीहरु अब पूर्ण स्वचालित रुपमा अनलाईनबाटै हुनेछ ।

रोजगारदाताले कोषको अनलाईन एसओएसवाइएस प्रणालीमा आफूलाई रजिष्टर गराई आफ्ना श्रमिकहरुका हकमा गर्ने योगदानमा आधारित रकमको संकलन गत वर्ष देखि नै कनेक्टआईपीएस ई–पेमेन्ट तथा यसका सदस्य बैंक वित्तीय संस्थाका शाखाहरु मार्फत् आफ्नो नेपाल बैंक लि.मा रहेको खातामा गर्दै आएको छ । जस अन्तर्गत हालसम्म दश हजार भन्दा बढी कारोबार मार्फत रु. १।७ अर्ब बराबरको रकम संकलन भइसकेको छ ।

Advertisement

Advertisement