विद्युतीय गाडिमा अन्तःशुल्क घटाउने सरकारी निर्णयको नाडाद्धारा स्वागत

Advertisement

काठमाडौं । नेपालमा अटोमोवाइल व्यवसायीहरुको संगठन नाडा अटोमोवाइल एशोसियशन अफ नेपालले विद्युतीय गाडिमा अन्तःशुल्क घटाउने सरकारी निर्णयको स्वागत गरेको छ । 

एशोसियशनका अध्यक्ष कृष्णप्रसाद दुलालले आफूहरुको मागअनुसार सरकारले अन्तःशुल्क बढाउने यसअघिको निर्णयलाई सच्याउनु सकारात्मक कदम भएको भन्दै यसले व्यवसायीसँगै उपभोक्तालाई पनि राहत पुग्ने र बाताबरण संरक्षणको सबैको चासो सम्बोधन गर्न सहयोग पुग्ने बताए । 

Advertisement

तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले बजेटमार्फत विद्युतीय गाडीको अन्तःशुल्क दर बढाएपछि चर्का विरोध भएको थियो । सरकारी नीतिविपरित विद्युतीय गाडिमा बढी कर लगाएको भन्दै बाताबरणवादीहरुले पनि विरोध जनाएका थिए । खतिवडालाई अमेरिकाको लागि राजदूत सिफारिस गरेकी दिन मन्त्रिपरिषदको बैठकले विद्युतीय गाडीको अन्तःशुल्क घटाउने पनि निर्णय गरेको हो।

एशोसियशनका अध्यक्ष दुलालले अन्य मुलुकहरुले विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गरिरहेको बेला हामी मात्रै फरक ढंगले जान सक्दैनौ भन्दै जुन घोषणापत्रलाई देखाएर पार्टीहरुले चुनाव जिते, त्यो विपरित कर बढाउने कुरा राम्रो होइन भन्दै उनले अन्तःशुल्क बढाएपछि विद्युतीय गाडीको मूल्य दोब्बरसम्म बढेकोमा घटाउने निर्णय स्वागतयोग्य भएको बताए । 

Advertisement

Advertisement