तातोपानी नाका सञ्चालनमा, दशैंको मुखमा नेपाली व्यापारीहरुलाई केही राहत
फाइल फोटो

Advertisement

सिन्धुपाल्चोक । विभिन्न कारण देखाउँदै बन्द गरिएको उत्तरी तातोपानी नाका सोमबारबाट सञ्चालनमा आएको छ । नेपाली व्यवसायीहरुले करोडौं खर्चिएर आयात गरेका सामानहरुको कन्टेनर अडकिएपछि नाका खुलाउन दबाब दिँदै आएको सन्दर्भमा यही गएको असोज १३ गते दुई देशका अधिकारीहरुबीच छलफल भई नाका खुलाउने सहमति भएको थियो । 

नाका खुलेसँगै करिव एक दर्जन कन्टेनरहरु नेपाल भित्रिएका छन् । उत्तरका प्रमुख दुई नाका रसुवागढी र तातोपानी बन्द भएपछि नेपाली व्यापारीहरुले आयात गर्न लागेका सयौं कन्टेनर महिनौदेखि चिनियाँ क्षेत्रमा अलपत्र पर्दै आएका थिए । 

Advertisement

तिब्बतको नेलाम काउन्टीले खासा नजिकैको एक ताल फुट्ने जोखिम औंल्याउँदै तातोपानी नाका बन्द गरे पछि नेपाली पक्षको आग्रहमा आजबाट नाका खोल्न चीन सहमत भएको हो । तातोपानी भन्सार कार्यालयका कर्मचारीहरुका अनुसार यस नाकाबाट तत्काल आयात मात्रै हुनेछ । तिब्बतर्फ लामो समयदेखि लडकिएका सामान लिन थप कन्टेनरहरु खास्सा जाँदैछन् । भन्सार जाँचपास र स्वास्थ्य सुरक्षा जाँच गरेर छिटो तीन सामानहरु काठमाडौं पठाइने कार्यालयले बताएको छ । 

Advertisement

Advertisement