थापाथली प्रसुति गृहमा नुवाकोटकी महिलाले जन्माइन् ५ शिशु

Advertisement

काठमाडौं । थापथलीस्थित परोपकार प्रसुति गृहमा एक महिलाले ५ शिशुलाई जन्म दिएकी छन् । आज नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले ५ वटा शिशुलाई जन्म दिएको अस्पतालले जनाएको छ। 

५ मध्ये चार जना जीवित रहेको र १ जना भने जन्मनुअघि नै मृत्यु भएको अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा कृतिपाल सुवेदीको  जानकारी दिए ।

Advertisement

डा. सुवेदीको नेतृत्वमा शल्यक्रियामार्फत आज बिहान मृतसहित ५ शिशुको जन्म भएको थियो । शल्यक्रियामा डा सुवेदीलाई डा. दिप्ती श्रेष्ठ, डा नमिता सिङदेनले साथ दिएका थिए भने एनेस्थेसियामा डा मुकेश कुमारले साथ दिएका थिए । 

डा. सुवेदीका अनुसार जीवित जन्मिएका ४ शिशुलाई एन आइसियुमा अब्जभेसनका लागि राखिएको छ । उनीहरु सबैको स्वास्थ्य सामान्य रहेको छ । ४ शिशुमध्ये एकको १ किलो ९ सय ग्राम तौल रहेको छ । अन्यको क्रमसः १ किलो ८ सय ग्राम, १ किलो ६ सय ग्राम र ८ सय ग्राम रहेको छ ।

Advertisement

Advertisement