सबै किसिमका परीक्षा सञ्चालन गर्न सरकारले बाटो खोल्यो
फाइल फोटो

Advertisement

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९) का कारण यसअघि स्थगित सबै किसिमका परीक्षा सञ्चालन गर्न बाटो खोलिदिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो । 

सरकारले स्वास्थ्यका मापदण्डहरु पालना गरी आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरु सञ्चालन गर्न सैद्धातिक स्वीकृति दिने निर्णय गरेको छ । 

Advertisement

साथै, व्यवसायिक तालिम प्रदायक संस्थाहरुलाई २५ जनाभन्दा कम सहभागी हुने छोटो अवधिको तालिम सञ्चालन गर्न पनि अनुमति दिइएको छ । 

Advertisement

Advertisement