उहाँहरुविरुद्ध कुनै उजुरी गर्नुपर्ने छ ? सुनुवाई समितिले माग्यो उजुरी, नाम गोप्य रहने

Advertisement

काठमाडौं । संसदीय सुनुवाई समितिले राजदूतका लागि प्रस्तावित तीन जनाविरुद्ध कुनै उजुरी आव्हान गरेको छ । सरकारले असोज १६ गते अमेरिकाका लागि राजदूत सिफारिस गरेका पूर्वअर्थमन्त्री युवराज खतिवडा, बेलायतका लागि सिफारिस निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि सिफारिस निर्मलकुमार विश्वकर्माविरुद्ध कुनै उजुरी भए दिन आग्रह गरेको हो । 

उजुरीहरुमाथि छलफल गरेपछि संसदीय समितिले अनुमोदन गरेमा बल्ल राष्ट्रपतिले राजदूत नियुक्ति गर्ने नियम छ । सुनुवाई समितिले ठकले तीनै जनाविरुद्ध उजुरी दिन १० दिनको समय दिएर सूचना प्रकाशित गरेको छ । जसअनुसार कात्तिक ३ गतेसम्म उजुरी दिन सकिने छ ।

Advertisement

उजुरीमा राजदूतका लागि सिफारिस कुन व्यक्ति राजदूत हुन अनुपयुक्त हो ? त्यसको आधार र कारणसमेत खुलाएर उजुरीकर्ताले उजुरी दिनुपर्ने हुन्छ । त्यस्तो उजुरीकर्ताको नाम ठेगाना गोप्य रहने समितिले जनाएको छ । 

Advertisement

Advertisement