बागमती प्रदेश सरकारले रंगशाला बनाउन धुर्मुस सुन्तली फाउन्डेसनलाई दियो ३ करोड

Advertisement

हेटौंडा । बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई ३ करोड रुपैयाँ रकम हस्तान्तरण गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरीषदको कार्यालय हेटौंडामा एक कार्यक्रमकाबीच आज मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई ३ करोड रकमको चेक हस्तान्तरण गरेका हुन् । 

उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले धुर्मुस सुन्तलीले उत्साहका साथ गरेको कामको प्रसंशा गरे । रंगशाला निर्माण तीब्र गतिमा भएको भन्दै खुशी समेत व्यक्त गरे । रंगशाला निर्माण परीयोजना छिटो सक्नका लागि शुभकामना दिए । सरकारले आगामी दिनमा पनि सहयोग जारी राख्ने जानकारी दिए । रंगशाला निर्माणमा चुनौती धेरै रहेकोले जसरी पनि सफल बनाउनुपर्ने बताउँदै यो गौरवको आयोजना भएको बताए । सरकारले सहयोग जारी राख्ने बताउदै उनले भने–‘आगामी बर्षलाई पनि सरकार छ भन्ने सम्झनु ।’ 

Advertisement

यसैगरी सामाजिक बिकास मन्त्री युबराज दुलाल पÞmेरि पनि सरकारका तर्फबाट सहयोग हुने बताए । परिकल्पना अनुसार सफलता लागि शुभकामना दिदै फाउन्डेसनलाई चुनौती पन्छाएर अगाडि बढ्न सुझाव दिए । 

फाउन्डेसनका अध्यक्ष कट्टेलले सहयोग रकम बुझ्दै खुशीको दिन भएको प्रतिक्रिया दिए । सरकारले सहयोग गर्छ भन्ने अपेक्षा रहेको भन्दै जग्गा दिएर सुरु गरेको र हाल रकम सहयोग गरेकोमा धन्यवाद दिए । रंगशाला निर्माणमा हाल २ सय ३३ जनशक्तिले काम गरीरहेको जानकारी पनि दिए । सहयोगी मनहरुले सहयोग गरीरहेको भएपनि लकडाउनले परिस्थिति जटिल बनाएको स्मरण गरे । उनले भने–‘अवस्था समस्याजनक छ, तरपनि काम गर्दैछौ, बजारमा ७ करोड तिर्न बाँकी छ । तरपनि हामीले हिम्मत हारेका छैनौं ।’ 

कार्यक्रममा प्रदेशका प्रमुख सचीव डा. मानबहादुर बिक, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलिया, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, सामाजिक बिकास मन्त्रालयका सचिव दीपक काफ्ले सहभागी थिए । 
 

Advertisement

Advertisement