इजरायलको रोजगारीमा लागत पनि शुन्य, विचौलिया पनि शुन्यः दाहाल

Advertisement

काठमाडा्ैं। वैदेशिक रोजगार विभागले इजरायलको रोजगारीमा जिटुजीमार्फत् पठाउने भएकाले कुनै व्यक्ति वा बिचौलियाको प्रलोभनमा नपर्न अनुरोध गरेको छ । केही व्यक्ति र वैदेशिक रोजगार कम्पनीले इजरायल पठाउँछु भन्ने कुरा सुन्नमा आएको बताउँदै विभागले गलत सूचनाको भरमा नपर्न आग्रह गरेको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहालले ठग्ने नियतले केहीले इजरायल पठाउँछु भन्नेहरुको प्रमाण फेला परे तुरुन्तै कारबाही प्रक्रिया अगाडि बढाउने बताए  इजरायलको रोजगारीमा वैदेशिक रोजगार कम्पनी र निजी क्षेत्रको कुनै भूमिका नरहेको पनि उनले स्पष्ट पारे ।

Advertisement

वैदेशिक रोजगार विभागले कामदारको योग्यता हेरेर छान्ने भएकाले निजी क्षेत्रको कुनै हात नहुने महानिर्देशक दहाल बताउनुभयो । अहिले ठग्ने उद्देश्यले केही व्यक्ति वा नीजि क्षेत्र लागेको भन्ने सुन्नमा आएको जानकारी दिँदै उनीहरुको बारेमा विभागले निगरानी गरिरहेको उहाँले बताउनुभयो ।

इजरायल जाँदा कुनै शुल्क नलाग्ने पनि विभागले बताएको छ । इजरायल जानु अघि सम्पूर्ण तवरबाट योग्य भएपछि कामदारले टिकट खर्च, मेडिकल, विमा र कल्याणकारी कोषमा जम्मा गर्ने पैसा बाहेक अरु कुनै शुल्क नलाग्ने विभागका महानिर्देशक दहालले बताए ।

रोजागरीमा जानेको फर्म पनि विभागबाट भर्ने भएकाले सबैलाई अरु कुनै बिचौलीयाको भरमा नपर्न विभागले अनुरोध गरेको छ । कसैले इजरायलको रोजगारीमा पठाउँछु भनेर पासपोर्ट र पैसा माग्ने गरेको भए विभागमा सम्पर्क गर्नुहुन विभागले अनुरोध गरेको छ ।

Advertisement

Advertisement