बंगलादेशसँग पैंचो मागेको मल आउन दुई महिना लाग्ने, यता धान पाकिसक्यो

Advertisement

काठमाडौं । नेपाल सरकारले बंगलादेशसँग सापटीमा लिन लागेको ५० हजार मेट्रिकटन युरिया मल नेपाल ल्याउन अझै २ महीना लाग्ने भएको छ । सार्वजनिक खरीद ऐनअनुसार प्रक्रिया पूरा गर्नुपर्दा मल ढुवानीमा लामो समय लाग्ने देखिएको हो ।

मल ढुवानी गर्न असोज ५ गते कृषि सामग्री कम्पनी लिमिटेडले ठेक्का आह्वान गरेको थियो । पाँचओटा कम्पनीले ठेक्का प्रस्ताव गरे पनि सबैभन्दा कम मूल्यमा प्रस्ताव गरेको जेन्ट्रेड एफजेडएफ नामक यूएईको कम्पनीले ठेक्का पाएको छ ।

Advertisement

जेन्ट्रेड कम्पनीलाई सम्झौताका लागि आउँदो शुक्रवारसम्मको समय दिइएको छ । ढिलोमा आइतवारसम्ममा सम्झौता हुन सक्ने कृषि सामग्री कम्पनी लिमिटेडले बताएको छ ।

कम्पनीका खरीद महाशाखा प्रमुख विष्णु पोखरेलका अनुसार बंगलादेश सरकारले बंगलादेशको चटगाव बन्दरगाहबाट मल नेपाल ल्याउन अनुमति दिएको छ । बंगलादेश सरकारले चटगाव बन्दरगाहमा नेपाललाई मल हस्तान्तरण गरेपछि ठेकेदार कम्पनीले ढुवानी थाल्नेछ र करीब ७० दिनभित्र सबै मल नेपाल आइपुग्ने उनले बताए ।

आर्थिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement