यस बर्षको नोबेल साहित्य पुरस्कार अमेरिकीलाई, नोबेल पुरस्कारमा पश्चिमाहरुकै एकाधिकार

Advertisement

काठमाडौं । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवि लुइस ग्लिकलाई दिइने भएको छ । बिहीबार स्टकहोममा आयोजित एक कार्यक्रममा स्विडिस एकेडेमीले ग्लिकलाई नोबेल साहित्य पुरस्कार दिने सुनाएको हो । 

ग्लिकले स्वर्ण पदक र एक करोड स्विडिस क्रोनर पाउने छिन । साहित्यमार्फत ‘काव्यात्मक आवाजमार्फत सुन्दर ढंगले व्यक्तिगत अस्तित्वलाई सर्वव्यापी बनाउन’ भूमिका खेलेको भन्दै यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएको स्विडिस एकेडेमीको तर्क छ । 

Advertisement


गत वर्षको नोबेल साहित्य पुरस्कार अस्ट्रियाका लेखक पिटर ह्यान्ड्केलाई दिइएको थियो भने सन् २०१८ को नोबेल साहित्य पुरस्कार पोलिस लेखक ओल्गा टोकारजुकलाई दिइएको थियो । सबै अनहारहरु पश्चिमी हुन् । पूर्वीय साहित्यमा निकै धुरन्धर साहित्यकार र उनीहरुका उत्कृष्ट रचनाहरु बजारमा आए पनि नोबेल कमिटिले बिरलै मात्रै यस क्षेत्रकालाई पुरस्कार दिने गर्दछ । 

साहित्यतर्फमात्रै नभएर अन्य विधाका नोबेल पुस्कारहरुमा पनि पश्चिमाहरुकै एकलौटी रहेको छ । पूर्वमा दिइने छिटफुट पुरस्कारहरु राजनीति र रणनीतिक स्वार्थसँग जोडिएका देखिन्छन् । अन्यथा बाँकी पुरस्कारहरु यस क्षेत्रमा बिरलै दिएका उदाहरण छन् । 

नोबेल कमितिले यस बर्षको चिकित्साशास्त्र, भौतिकशास्त्र र रसायनशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा गरिसकेको छ । अब अर्थशास्त्र र शान्तितर्फका भइसकेको छ । 

Advertisement

Advertisement