यसपाली दशैँमा नयाँ नोट नपाइने, ‘१-२ दिनमै आउँछ सार्वजनिक सूचना’: राष्ट्र बैंक

Advertisement

काठमाडौँ । यसपाली दशैँमा नयाँ नोट नपाइने भएको छ । विगतका वर्षहरुमा दशैंमा नयाँ नोट निष्काशन गरी वितरण गर्दै आएको राष्ट्र बैंकले यसवर्ष नयाँ नोट वितरण नगर्ने भएको हो । गत वर्षको दशैंमा मात्र राष्ट्र बैंकले करिब ६० अर्ब रुपियाँ नयाँ नोट वितरण गरेको थियो । 

‘कोरोना संक्रमणका कारण नयाँ नोट निष्काशन हुने नहुनेबारे यसअघि सम्म द्विविधा रहँदै आएको भए पनि १–२ दिन भित्र सार्वजनिक सूचना निकाल्छौँ’– राष्ट्र बैंक श्रोतले भन्यो । नयाँ नोट बितरण गर्दा कोरोना संक्रमणको जोखिम झनै बढ्ने राष्ट्र बैंकको ठहर छ । 

Advertisement

राष्ट्र बैंकले प्रत्येक वर्ष रु. ५, १०, २०, ५० र १०० दरका नयाँ तथा सफा नोट सटही गर्दै आएको थियो । नोट सटही गर्दा राष्ट्र बैंकमा तथा तोकिएका बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणको घुइँचो लाग्ने गर्दथ्यो । 

कोरोना संक्रमणको अवस्था झनै जटिल बन्दै गए पछि लाइनमा नोट वितरण गर्ने स्थिति नभएकाले राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने निष्कर्ष निकालेको श्रोतले बतायो ।  

Advertisement

Advertisement