निगमका नयाँ जिएम आफै भन्छन्: उड्डयन क्षेत्रमा अनुभव थिएन्, तैपनि सरकारले विश्वास गर्यो

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमका नवनियुक्त महाप्रवन्धक डिमप्रसाद पौडेलले उड्डयन क्षेत्रमा आफ्नो अनुभव नरहेको स्वीकार गरेका छन् । सोमबार पदभार ग्रहण गर्ने क्रममा उनले उड्डयन क्षेत्रमा आफ्नो नयाँ अनुभव भए पनि सरकारले आफूलाई विश्वास गरेर महाप्रवन्धक बनाएको बताए ।

सत्तारुढ नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुहुँदै नेकपाको राजनीतिमा सक्रिय रहेका पौडेलले यसअघिको मन्त्रिपरिषद बैठकले निगमको महाप्रवन्धक जस्तो संवेदनशील ठाउँमा नियुक्त गरेको थियो । उनी पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई तत्कालिन एमालेको प्रचार विभाग प्रमुख हुँदा उनको सहयोगीको रुपमा काम गरेका थिए । 

Advertisement

नवनियुक्त महाप्रवन्धक पौडेलले उड्डयन क्षेत्रमा आफ्नो अनुभव नयाँ भए पनि सरकारले विश्वास गरी जिम्मेवारी दिएकोमा खुशी प्रकट गरे । उनले निगमलाई गतिशिल बनाउन एक्लो प्रयास पर्याप्त नहुने भन्दै सहयोग गर्न आग्रह पनि गरे । निगममा विमान थप गरी संचालन मुनाफाको प्रत्याभूति गर्ने पौडेलले बताए । 

उनले परम्परागत शैलीमा काम गरेर अपेक्षित उपलब्धि हासिल गर्न नसकिने उल्लेख गर्दै फरक ढंगले सिर्जनात्मक काम गर्नुपर्ने बताए । यसअघि निगमको कार्यकारी अध्यक्ष रहेका सुशील घिमिरेको कार्यकारी पौडेललाई दिएर अध्यक्षमा सीमित गरिएको छ ।

कार्यक्रममा अध्यक्ष घिमिरे, निगमका नायव महाप्रवन्धक गणेश चन्द, आधिकारिक ट्रेड युनियनका अध्यक्ष सुभाष डाँगीले बोलेका थिए ।

Advertisement

Advertisement