स्याङयोङको आकर्षक अफर सुरुः तीन लाख छुट, अरु आधा दर्जन सुविधाहरु

Advertisement

काठमाडौं । नेपालको लागि स्याङयोङ मोटर्सको आधिकारिक बिक्रेता एवं आइएमएस ग्रुप अन्तर्गतको आइएमएस मोटर्सले दशैं तिहारको अवसरमा ‘स्याङयोङ फेष्टिभ डिलाइट’ अफर ल्याएको छ । 

यस योजनामा ग्राहकहरूले तीन लाख रुपियाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै, ग्राहकहरुले आफ्ना पूराना सवारीसँग एक्सचेन्ज गरेको बापत दुई लाख रुपियाँसम्म एक्सचेन्ज बोनस् पनि प्राप्त गर्न सक्नेछन् । 

Advertisement

त्यसबाहेक कम्पनीले कोभिड वारियर्स (डाक्टर, नर्स, स्वास्थ्यकर्मी र प्रहरी)लाई थप एक लाख डिस्काउन्ट दिइने जनाएको छ । यस योजनामा स्याङयोङका ग्राहकले एक वर्ष निःशुल्क बीमा, सात बर्ष सजिलो फाइनान्स, तीन बर्ष वारेन्टि, तीन बर्षसम्म निःशुल्क मर्मत लागत, २५ हजार रुपियाँ बराबरको निःशुल्क एसेसोरिज, निःशुल्क सर्भिसिङ (रिफरल ग्राहकहरूको लागि २ बर्षसम्म) जस्ता सुविधा पनि प्रदान गर्नेछ । 

यो योजना असोज २८ देखि कात्तिक २६ सम्म मात्रै लागू हुनेछ । स्याङयोङ कोरियाको चौथौ ठूलो गाडी उत्पादक कम्पनी हो । सन् १९५४ देखि सुरुवात गरिएको यस कम्पनीको गाडीहरु आफ्नो आधुनिक स्टाईल, उत्कृष्ट प्रदर्शनको लागि चिनिने गर्दछन् । स्याङयोङका एसयूभीए, पिकअप, ट्रक, एमपीभी, रहेका छन् । 
 

Advertisement

Advertisement