सिजी ब्राण्डका सामानहरु अनलाइनबाटै खरिद गर्दा उपहारै उपहार

Advertisement

काठमाडौं । दशैं तिहारलाई लक्षित गरि विभिन्न किसिमका उपहार योजना बजारमा उपलब्ध गराईसकेको इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले आफ्नो आधिकारिक वेभसाइटमार्फत सामानहरु अनलाइन खरीद गर्दा विभिन्न उपहारहरुको व्यवस्था गरेको छ । 

नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्डको रुपमा परिचित सिजीले आफ्नो आफ्नो आधिकारि वेभसाईट www.cginspiringlife.com/category/festiveoffers/ बाट बुकिङ गरी खरिद गर्दा ती उपहार प्राप्त गर्न सकिने सिजी इलेक्ट्रोनिक्सले जनाएको छ । 

Advertisement

यसरी सामान खरीद गर्दा बम्परमा भाग्यशाली ३ जना विजेतालाई सिजीको माइक्रोवेभ वभन, भ्याकुम क्लिनर र स्पिकर उपहार दिने कम्पनीले जनाएको छ । योजना अन्तर्गत २० देखि ४३ इन्चसम्मको टिभीको खरिदमा ३० प्रतिशतसम्मको नगद छुट र सो भन्दा माथि टिभीको खरिदमा नगद छुट साथै सिजी कै अकर्षक स्पिकर प्राप्त गर्न सकिन्छ । 

त्यसैगरी, साईड बाई साईट र मल्टी डोर रेफ्रिजेरेटरको खरिदमा पिजन ब्राण्डको मिक्चर र आकर्षक नगद छुट पाइन्छ । डलबडोर रेफ्रिजेरेटरमा सिजीको प्रेसर कुकर र सिंग्लडोर रेफ्रिजेरेटरमा आकर्षक नगद छुट पाइन्छ ।

यसपटक सिजीले फ्रन्टलोड वासिङमेसिनमा भने मिक्चर, टपलोड र सेमिअटोमेटिक वासिङमेसिनमा सिजीको आईरन, माइक्रोवेभ ओभनमा कुकिङ किट र चेस्ट फ्रिजर तथा शोकेस र स्पिकरहरुको खरिदमा आकर्षक नगद छुट रहेको छ । एसीःमा भने निशुल्क जडानको व्यवस्था रहेको छ । 

Advertisement

Advertisement