बढ्दो कोरोनाकै बीच भारतमा आजबाट फिल्म हलहरु खुले, नेपालमा कहिले ?

Advertisement

काठमाडौं । कोरोना भाइरस महामारीका बीच बिहीबारदेखि भारतमा सिनेमा हल सञ्चालनमा आउने भएको छ । भारत सरकारले गत सेप्टेम्बरमै १५ अक्टोबरदेखि हल सञ्चालन गर्न अनुमति दिएको हो । सोही निर्णयअनुसार एउटा राज्यबाहेक भारतका सबै ठाउँमा हल सञ्चालनमा आउन लागेको भारतीय मिडियाहरूले जनाएका छन् । एक सोका लागि ५० प्रतिशत मात्र दर्शक हुनुपर्ने, अनलाइनबाटै टिकट काट्ने व्यवस्था गर्नुपर्ने सरकारले मापदण्ड बनाएको छ । कोरोना संक्रमण फैलिएसँगै भारतमा चैतदेखि सिनेमा हल बन्द गरिएको थियो ।

केन्द्र सरकारले हल खुलाउन अनुमति दिएसँगै मल्टिप्लेक्स र सिंगल थिएटरहरू प्रदर्शनका लागि तयार भएर बसेका छन् । तर, हल खुले पनि ओटिटीमा प्रदर्शन भएका फिल्म प्रदर्शन गर्न हल सञ्चालकले अस्वीकार गरिदिएका छन् । ओटिटीमा सबैभन्दा पहिला अमिताभ बच्चन र आयुषमान खुरानाको ‘गुलाबो सिताबो’ प्रदर्शन भएको थियो । यसपछि साना तथा ठूला बजेटका फिल्म निर्माताले सीधै ओटिटीमा प्रदर्शन गरेका थिए । अझै केही सिनेमा डिजिटल प्लेटफर्मममा प्रदर्शन हुने तयारीमा पनि छन् । हलहरू सञ्चालकहरू सुरुवातमा ‘शुभ मंगल सावधान’, ‘मलंग’, ‘केदारनाथ’, ‘थप्पड’, ‘तानाजी’ ‘वार’जस्ता सिनेमा पुनः प्रदर्शन गर्ने तयारीमा छन् । 

Advertisement

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement