शिवम् सिमेन्ट्सद्वारा शेयरधनीहरुलाई २४.२१ प्रतिशत नगद लाभांश दिने घोषणा

Advertisement

काठमाडौँ । शिवम् सिमेन्ट्सले शेयरधनीहरुलाई २४.२१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

कम्पनी सञ्चालक समितिको हिजो साँझ बसेको बैठकले आव २०७६/७७ को नाफाबाट लाभांश रकममा लाग्ने करसहित २४.२१ अर्थात १ अर्ब ६ करोड ५२ लाख ४० हजार रुपियाँ लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनी सचिव लेखनाथ अर्यालले जनाएका छन् । 

Advertisement

कम्पनीको आगागी साधारण सभाले पारित गरे पछि शेयरधनीहरुलाई लाभांश वितरण गरिने कम्पनी सचिव अर्यालले बताए । 
 

Advertisement

Advertisement