'बरु पद जाओस्, भोलि पार्टीलाई कम भोट आओस, यो देश हेरेर काम गर्नुहोला अर्थमन्त्रीजी'

Advertisement

काठमाडौं । अर्थविद् डा. चन्द्रमणि अधिकारीले कोरोना भाइरस (कोभिड १९) प्रभावित अर्थतन्त्रलाई उकास्न नयाँ अर्थमन्त्री बिष्णु पौडेललाई आठ सुत्र दिएका छन् । 

नेपाली रेडियो नेटवर्कमा बिहीबार बिहान एक कार्यक्रममा अन्तरवार्ता दिँदै उनले अर्थमन्त्रीले बुझ्नुपर्ने कुरा आठ वटा छन् भन्दै सबैभन्दा पहिला त अर्थ–राजनीति देशको संविधानले कस्तो अर्थ–राजनीतिलाई लिएको छ ? अर्थ–दर्शन कस्तो छ ? हाम्रो देशका संविधान, राजनीतिले कस्तो किसिमले लिएको छ ? एक कुरा यो कुरालाई अर्थमन्त्री पौडेलले पछ्याउनुपर्छ भने । 

Advertisement

दोस्रो कुरा विज्ञताको कुरा हुन्छ भन्दै उनले तेस्रो अनुभवको कुरा भयो भने कुनै पनि व्यक्तिमा क्षमता सिर्जना हुने तर्क गरे । अर्थमन्त्रीमा यी ती कुरा भइसकेपछि क्षमताको प्रयोगको लागि त्यो व्यक्तिमा विवेक, ईमान्दारीता, सहभागिता र सहकार्य गरेर हिँड्ने व्यवहार चाहिन्छ भन्दै अधिकारीले त्यो सबैको आधारमा एउटा आँट र साहस चाहिन्छ भने । 

कुनै पनि निर्णय गर्दा पार्टीको स्वार्थ अथवा दलको स्वार्थभन्दा पनि यो देशको लागि अन्तर्राष्ट्रिय परिवेशलाई अहिलेको अर्थतन्त्र, जनताले मागेको कुरा के हो ? भन्ने हिसाबले आँट र साहस देखाएर अर्थमन्त्रीले काम गर्न सक्नुपर्ने उनको तर्क छ । अधिकारीले यी सातओटा कुरा भइसकेपछि यी कुराको बीचमा अन्तर्राष्ट्रिय परिवेशलाई विश्लेषण गरेर हाम्रो अर्थ–राजनीतिलाको नीति निर्माण गरेर कार्यान्वयन गर्ने क्षमता अर्थमन्त्रीले राख्नुपर्ने बताए । 

यी आठ कुरा लिएर अगाडि बढियो भने र विवेक, ईमान्दारीता छ भने निर्णय ठीक ठाउँमा जाने अधिकारीले बताए । तर, मन्त्री पौडेल बालवाटार जग्गा प्रकरणमा मुछिएसँगै उनको नैतिक धरातल कमजोर बन्न पुगेको छ भने बुटवललाई प्रदेश राजधानी बनाउने अडान त्यागेबाट उनीको राजनीतिक इमान्दारितामाथि पनि प्रश्न उठेको छ । 

अर्थविद् अधिकारीले देशले अर्थमन्त्रीमा विवेक माग गरेको बताउँदै भने, 'देशले के मागेको छ ? अर्थतन्त्रले के मागेको छ ? अर्थतन्त्रको अवस्था के छ ? अहिले कोरोनाको यत्रो प्रभाव छ । अर्थतन्त्र नकारात्मक हुने स्थिति बन्दै गएको छ । यो अवस्थामा विवेक प्रयोग गर्ने भनेको देशको लागि हो । त्यसकारणले कुनै पनि व्यक्तिले यो मैले विवेक प्रयोग गरेर ईमान्दारीताका साथ प्रयोग गरेको छु, मेरो व्यक्तिगत स्वार्थ छैन यसमा, त्यसकारण यो निर्णय मैले गर्दा मेरो पद गए भोलि जाओस्, मेरो पार्टीले दश भोट काम भोलि मत पाए पाओस्, मेरो पार्टी भोलि एकचोटि सत्तामा नआाए पनि फरक पर्दैन तर मैले राष्ट्रको लागि गरेको छु भन्ने कुरा त्यो ईमान्दारीता, विवेक, निष्ठाको कुरा अर्थमन्त्रीले राख्नुपर्छ ।'

साथै, अधिकारीले अर्थमन्त्रीमा निष्ठा पनि चाहिन्छ भन्दै थपे, 'निष्ठा कस्तो चाहियो भने अहिले देशप्रतिको निष्ठा चाहियो । त्यसकारणले त्यो निष्ठालाई मनमा राखेर निर्णय गरियो भने त्यो विवेक प्रयोग गर्न सक्नुहुन्छ उहाँले । होइन त्यो भएन र त्यहाँ पार्टीभित्रको समीकरण मिलाउँछु, यो व्यक्ति, समुहलाई खुशी पार्छु भनेर जानुभयो भने त्यो एउटा कार्यकाल, समय जान्छ । नतिजा आउँन सक्दैन ।'

Advertisement

Advertisement