‘का पे रनसिंगम’ नेपाल र भारतमा एकसाथ रिलिज हुँदै, डिशहोमको सिनेमाघर हेर्न पाइने

Advertisement

काठमाडौं । पे पर भ्यूमार्फत नेपालमै पहिलो पटक बलिउडका चलचित्र नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा डिशहोमले शुरु गरेको छ । 

असोज ३० गते रिलिज हुने चलचित्र ‘का पे रनसिंगमर्’ पे पर भ्यू सुविधामार्फत आफ्ना ग्राहकहरुले हेर्न पाउने डिशहोमले जनाएको छ । तमिल चलचित्र ‘का पे रनसिंगमर्’  सत्य घटनामा आधारित सामाजिक चलचित्र भएको, जसले दक्षिण भारतीय किसानहरुको कथा बोकेको जनाइएको छ । 

Advertisement

तमिल नायक विजय सेतुपथि अभिनित यो चलचित्र सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा दैनिक ३ सो बिहान १० बजे दिउँसो ४ बजे र राती १० बजे हेर्न सकिन्छ भने असोज १६ गते रिलिज भएको चलचित्र खाली पीली हेर्न चाहने े दर्शकहरुको लागी विहान ७ बजे दिउँसो १ बजे र बेलुकी ७ बजे हेर्न सक्ने कम्पनीले जनाएको छ ।

दैनिक ८ शो संचालन हुने सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा अब दैनिक ६ सो मात्र संचालन हुनेछ । चलचित्र  ‘का पे रनसिंगम’ अथवा खाली पीली हेर्न, आईभीआर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नं. १६ ६० ०१ २२००० मा फोन गरेर अथवा एमओडी९९९ आफ्नो क्यास आईडी अनि हेर्न चाहेको चलचित्रको सो समय टाईप गरि साधारण एसएमएस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिने डिशहोमले जानकारी दिएको छ । 

Advertisement

Advertisement