प्रभु लाइफको एजीएमबाट वित्तीय विवरण पारित, ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने

Advertisement

काठमाडौँ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा काठमाडौं म्यारियट होटल, नक्साल, काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । 

२०६४ सालमा दर्ता भै २०७४ मंसिर २८ देखि वीमा व्यवसाय कारोबार संचालन गर्दै आएको कम्पनीको अध्यक्ष डा. आत्माराम घिमिरे लगायत संचालक सदस्यहरुमासुभाष अमात्य, रामेश्वर सापकोटा, नरेशबहादुर मल्ल तथा प्रभु बैंकका तर्फबाट मनिराम पोखरेल रहेका छन् । 

Advertisement

साधारण सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष घिमिरेले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु समेत पारित गरेको छ । 

कम्पनीले ६० करोड रुपियाँको ६० लाख कित्ता साधारण शेयर(आईपीओ) निष्काशन गर्न स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा यसअघि नै निवेदन दिइसकेको छ । 

तलको लिंक पनि क्लिक गर्नुहोस्ः 

प्रभु लाइफले ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने, बोर्डमा दियो आवेदन

प्रभु लाइफको तेश्रो एजीएम असोज २९ गते, यस्ता छन् अजेण्डा

Advertisement

Advertisement