कोरोना संक्रमित भन्दैमा लोकसेवाको परीक्षाबाट बन्चित नगरः सर्वोच्च

Advertisement

काठमाडौं । सर्वोच्च अदालतले कोरोना संक्रमित भन्दैमा कसैलाई पनि लोकसेवा आयोगको परीक्षामा सहभागी हुनबाट बन्चित नगर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चले बिहीबार भएको सुनुवाईपछि यस्तो आदेश जारी गर्दै आयोगले जारी गरेको संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्डको बुँदा नम्बर ८(१) को कार्यान्वयन नगर्न आदेश दिएको छ ।

आयोगले उक्त मापदण्डमा परीक्षार्थीले आफू कोभिड–१९ संक्रमित भए नभएको स्वघोषणा गर्नुपर्ने तथा संक्रमित भए परीक्षा केन्द्रमा प्रवेश नपाउने व्यवस्था रहेकोमा सर्वोच्चको आदेशसँगै सो व्यवस्था निष्क्रिय भएको छ । 

Advertisement

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले उक्त आदेश दिएको हो । आदेशमा संक्रमित व्यक्ति परीक्षा दिनबाट बञ्चित हुँदा संविधान प्रदत्त पेशा रोजगार गर्न पाउने हक, समानताको हक, स्वास्थ्य अवस्थाको अधारमा विभेद विरुद्धको हक, छुवाछुत तथा भेदभावविरुद्धको हकसमेत उल्लंघन हुने उल्लेख छ । 

आफू संक्रमित भएको स्वघोषणा गर्नुपर्ने मापदण्डले परीक्षामा सामेल हुन नपाइने भएकाले परीक्षार्थीले स्वघोषणा नगर्ने, जसले गर्दा झन अरुलाई जोखिम हुने भन्दै सर्वोच्चले संक्रमितको गोपनियताको रक्षा गर्दै वैकल्पिक र सुरक्षित तरिकाले परीक्षा दिन पाउने व्यवस्था गर्न आदेश दिइएको छ । 

Advertisement

Advertisement