राष्ट्रिय सहकारी बैंकले यी ८ जनालाई सल्लाहकार चयन गर्यो

Advertisement

काठमाडौँ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समितिले ८ जनालाई सल्लाहकार मनोनयन गरेको छ । सञ्चालक समितिको बिहीवार बसेको वैठकले सल्लाहकारहरुमा केशवप्रसाद बडाल, दिपकप्रकाश बास्कोटा, धर्मदत्त देवकोटा, प्रा.डा. विश्वम्भर प्याकुरेल, भागवत श्रेष्ठ, पशुपति चौलागाई, राधा घले र मीनराज कंडेललाई चयन गरेको हो ।  

बैंकमा विगतमा ९ जनाको सञ्चालक समिति रहँदा ७ सदस्यीय सल्लाहकारको व्यवस्था रहेको थियो । १५ औं वार्षिक साधारणसभाबाट १५ सदस्यीय सञ्चालक समितिको व्यवस्था भएपछि बढीमा ९ सदस्यीय सल्लाहकारको व्यवस्था गरिएको बैंकका अध्यक्ष केबी उप्रेतीले जानकारी दिए ।

Advertisement

बैंकमा हाल १२ हजार भन्दा बढी शेयर सदस्य, २ अर्ब ३९ करोड शेयर पूँजि, ५१ अर्ब ७४ करोड निक्षेप, र २४ अर्ब ३९ करोड कर्जा लगानी रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए ।

बैंकले हाल ४४ शाखामार्फत देशभरका सहकारी संघ संस्थाहरुलाई सेवा दिदै आएको छ । हालै राष्ट्रबैंकले थप २४ वटा शाखा सञ्चालनका लागि अनुमति दिएको र नयाँ शाखा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको गुरागाईले बताए । 
 

Advertisement

Advertisement