सानिमा जनरलको आईपीओ बाँडफाँट, २ लाख ७३ हजार जनामा को-को परे ?

काठमाडौँ । सानिमा जनरल इन्स्योरेन्सको साधारण शेयर (आईपीओ) आज बिहान बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यपिटलका अनुसार बिहान ८ः३० बजे क्यापिटलको कार्यालय बबरमहलमा आईपीओ बाँडफाँड भएको हो । 

माग भन्दा बढी आवेदन परेकाले गोला प्रथाबाट २ लाख ७३ हजार जनाले मात्र १०-१० कित्ता शेयर पाएका छन् । बाँकी ५ लाख ९० हजार ५ सय ४५ जनाको हात खाली भयो ।   

क्यापिटलका अनुसार ५ लाख ९० हजार ५ सय ४५ जना आवेदनकर्ता भने आइपीओ हात पार्न बञ्चित भएका हुन् । कम्पनीको आईपीओमा ८ लाख ६६ हजार ९०५ जनाले आवेदन दिएकामा ३ हजार ३६० जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ । 

कूल ३० लाख कित्तामध्ये ४ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता सेयर कर्मचारीका लागि ५ प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि सुरक्षित गरिएको थियो भने बाँकी २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

कम्पनीले असोज २१ गतेबाट २५ गतेसम्म १ सय रुपियाँ कित मूल्यमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो । हाल यस कम्पनीको चुक्ता पुँजी ७० करोड रुपियाँ रहेको छ । आइपीओपछि चुक्ता पुँजी १ अर्ब रुपियाँ पुग्नेछ । 

तलका लिंक पनि क्लिक गर्नुहोस्ः 

सानिमा जनरलको आईपीओ भोलि बिहान बाँडफाँट हुने, २ लाख ७३ हजार भाग्यमानीमा को-को पर्लान ?

सानिमा जनरलको आईपीओमा ८ लाख ८३ हजारको आवेदन, ६ लाख १० हजारको हात खाली हुने

सानिमा जनरलको ३० करोडको आइपीओ आजबाट, कति भर्ने ? कति पर्छ ?