सानिमा इक्वीटी फण्डले ७ प्रतिशत नगद लाभांश दिने, बुक क्लोज कहिले ?

काठमाडौँ । सानिमा इक्वीटी फण्डले नगद लाभांश दिने प्रयोजनका लागि कात्तिक १४ गते दर्ता किताब बन्द(बुक क्लोज) गर्ने भएको छ । 

सानिमा क्यापिटलको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले आव २०७६/७७ का लागि इकाईधनीहरुलाई ७ प्रतिशत(करसहित) नगद लाभांश दिने घोषणा गरेको थियो ।