सुनको मूल्य फेरि बढ्यो, तोलाको कति पुग्यो ?

Advertisement

काठमाडौँ । हिजो स्थिर रहेको सुनको मुल्य आज प्रतितोला ४ सय रुपियाँ बढेको छ । यता हिजो प्रतितोला ५ रुपियाँ घटेको चाँदीको मूल्य आज भने स्थिर रहेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रुपियाँ र चाँदीको मूल्य १ हजार २ सय रुपियाँ निर्धारण गरिएको छ । 

Advertisement

हिजो भने छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपियाँ, तेजाबी सुनप्रतितोला ९४ हजार रुपियाँ र चाँदी  १ हजार २ सय रुपियाँमा किनबेच भएको थियो ।  

Advertisement

Advertisement