रावा बैंकको पीओएसबाट भुक्तानी गर्दा १५ प्रतिशत ‘क्यास ब्याक’

Advertisement

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैकले दशैँ एवम् तिहार लगायतको पर्वलाई मध्यनजर गर्दै भोलिबाट आफ्ना सम्पूर्ण शाखाहरु मार्फत विद्युतीय माध्यमवाट भुक्तानीको व्यवस्थालाई व्यापक तथा प्रभावकारी बनाउने प्रयोजनको लागि बैंककै पीओएसको माध्यमवाट भुक्तानी सेवा शुरु गरिएको छ । 

अब देशभर रहेको विभिन्न व्यवसायहरुमा राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट बैंककै पीओएसको माध्यमबाट रकम भुक्तानी गर्दा कारोबारमा अधिकतम १५ प्रतिशत वा एक हजार रुपियाँ जुन कम हुन्छ सो रकम क्यासब्याक हुने छ ।

Advertisement

विश्वव्यापीरुपमा फैलिएको माहामारीवाट टाढा रहनको लागि समेत विद्युतीय भुक्तानी प्रणाली सहयोगी हुन सक्ने र यस प्रकारको प्रणालीबाट ग्राहकवर्ग, बैकको सेवाग्राहीहरु तथा समग्र समाजलाई अधिकतम फाईदा पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए । 

बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २४१ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ रहेको छ । 


 

Advertisement

Advertisement