४३९२ संक्रमित थपिए, उपत्यकाकै २४०२ जना, ३५२२ संक्रमणमुक्त

काठमाडौँ । चार हजार ३ सय ९२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजित नियमित प्रेस ब्रिफिङमा उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १६ हजार ५ सय ३१ जनाको नमूना परीक्षणमा ती व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टी भएको हो । आज थपिएकासहित कूल कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ । ती मध्ये ८८ हजार ४० जना संक्रमणमुक्त भएका छन् । आजैमात्र ३ हजार ५ सय २२ जना संक्रमण मुक्त भएका हुन् । 

हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३७ हजार ३ सय ८२ रहेको प्रवक्ता गौतमले जानकारी दिए । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७ सय १५ पुगेको छ । 

थपिएका संक्रमित मध्ये काठमाडौँ उपत्यकाकै २ हजार ४ सय २ जना रहेका छन् । ती मध्ये काठमाडौँका १ हजार ७ सय ८४ जना, ललितपुरका ३ सय ७४ जना र भक्तपुरका २ सय ४४ जना हुन् ।