‘टिभिएस दशैँको आशा’ स्कीममा गणेश गौतमले जिते ‘अपाचे आरआर ३१०’

Advertisement

काठमाडौं । टिभिएस दशैंको आशा योजना अन्तरगत गोलाप्रथाबाट  विजेता बन्न सफल भई गणेशप्रसाद गौतमले टिभिएस अपाचे आरआर ३१० जितेका छन् । उनलाई जगदम्बा मोटर्सको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ ।  

यस योजनामा सहभागिता जनाउन टिभिएसको मोटरसाइकल खरिद गरेकै हुनु पर्ने भन्ने छैन । ‘टिभिएस दशैँको आशा’ योजना अन्तर्गत टिभिएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा ९००० र स्कूटरको खसरदमा ७००० हजार रुपियाँँ नगद छुट प्राप्त गर्न सक्ने छन् भने ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शुन्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्ने छन् । यी दुई मध्ये कुनै एक स्कीम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ । 

Advertisement

बम्पर उपहारका रूपमा, हरेक हप्ता एक जनाले जित्नसक्ने आरआर ३१० टिभिएसकै सबैभन्दा महंगो मोटरसाइकल हो । हरेक हप्ता हुने लक्की ड्रमा भागलिन चाहने जो कोहीले पनि www.tvsnepal.com/Dashain मा गएर फारम भर्नु पर्ने छ । जसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्न सक्ने छन् भने आरआर ३१० जित्ने अवसर पाउने छन् । यस बम्पर योजनाको आर्कषण भनेको जो कोहीले पनि आफ्नो छनौट वा किन्नको विकल्पको बावजूद पनि भाग लिन र जित्न पनि सक्ने अवसर पाउनु हो ।

जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १०० भन्दा बढी सेल्स सर्भिस र स्पेर्स डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ । 
 

Advertisement

Advertisement