एक सातामै लगानीकर्ताले ३६ अर्ब २२ करोड गुमाए

Advertisement

काठमाडौं । गत साताको तुलनामा यो साता शेयर बजारका लगानीकर्ताहरुले रू. ३६ अर्ब २२ करोड गुमाएका छन् ।

यो साताको अन्तिम कारोबार दिन असोज २९ गते बिहीवार लगानीकर्ताहरुको सम्पत्ति अर्थात् कुल बजार पूँजीकरण रकम रू. २० खर्ब ८२ अर्ब ५८ करोड १० लाखमा झरेको छ । गत साताको अन्तिम कारोबार दिन असोज २२ गते बिहीवारसम्म यो रकम रू. २१ खर्ब १८ अर्ब ८० करोड १० लाख रहेको थियो ।

Advertisement

यो साता गत साताको तुलनामा कुल बजार पूँजीकरणसँगै महत्वपूर्ण सुचकहरु सबैमा कमि आएको छ । यो साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १ हजार ५६२ दशमलव ४६ विन्दुमा बन्द भएको छ । गत साताको अन्तिम दिन बजार १ हजार ५८९ दशमलव ६३ विन्दुमा रहेको थियो । 

यो साता बजार २७ दशमलव १७ अंक तल झरेको हो । साताको पाँच कारोबार दिनामा बजार दुई दिन मात्र बढेको छ ।

साताको दोस्रो दिन र अन्तिम दिन बजार बढेको हो । साताको पहिलो कारोबार दिन १३ दशमलव ३७ अंकले बजार दोस्रो दिन १ दशमलव ७४ अंकले बढेको थियो । तेस्रो दिन ९ दशमलव ४२ अंक र चौथो दिन ७ दशमलव ४२ अंक घटेको बजार पाँचौ दिन भने १ दशमलव २९ अंक बढेर बन्द भएको हो ।

आर्थिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement