यस बर्ष पूर्वराजासँगै राष्ट्रपति र प्रधानमन्त्रीले सर्वसाधारणलाई दशैंको टीका नलगाउने

Advertisement

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढ्दै गएको कारण यस पटक (पूर्व)राजा ज्ञानेन्द्र शाहको हातबाट सर्वसाधारणले टीका थाप्न नपाउने भएका छन् । 

पूर्वराजाका सहयोगीले जारी गरेको विज्ञप्तिअनुसार कोरोनाको असहजताका कारण पूर्वमहाराजधिराज ज्ञानेन्द्रबाट शालीन र सादगी रुपमा दसैं मनाउने तयारी गरिएको छ । जस अनुसार विजयादशमीको दिन सर्वसाधारणलाई टीका नलगाउने र अष्टमीको दिन शक्तिपीठमा पनि नजाने निर्णय भएको छ । 

Advertisement

विज्ञप्तिमा भनिएको छ, ‘मौसुफबाट यस वर्ष महाअष्टमीका दिन विभिन्न शक्तिपीठहरुमा दर्शन गरिबक्सने कार्यक्रम र विजया दशमीका दिनमा टीका बक्सने कार्यक्रम नहुने व्यहोरा जानकारी गराइन्छ ।’ त्यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शर्मा ओलीले सर्वसाधारणलाई टीका नलगाउने बताएका छन् । 

Advertisement

Advertisement