सनराइज बैंकले एफवान सफ्टसँंग सहकार्य गरी चाडपर्व बिशेष योजना ल्यायो

Advertisement

काठमाडौं । सनराइज बैंकले एफवान सफ्टसँग सहकारी गरी दशैं विशेष योजना ल्याएको छ । ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ’ अभियान आत्मसाथ गर्दै बैंकले आगामी चाडपर्वलाई लक्षित गरी नयाँ अफर ल्याएको हो । 

यस योजनाअन्तर्गत सनराइजले आफ्नो मोबाइल बैंकिङ सनराइज स्मार्ट एपमार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी लगायतका कार्य गर्ने २० जना भाग्यसाली ग्राहकहरुलाई एक एक थान स्मार्ट फोन प्रदान गर्ने जनाएको छ । 

Advertisement

साथै नयाँ ग्राहकहरुलाई प्रोत्साहन गर्न पहिलो पटक मोबाइल टपअपमा १० प्रतिशत रकम वा अधिकतम रु. १०० क्यास ब्याक गर्ने व्यवस्था समेत गरेको छ । बैंकले आफ्नो १३ आंै वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुसँग खुशी बाड्न कार्तिक १ गतेदेखि मंसिर ५गते सम्मको लागी यो योजना ल्याएको जनाएको छ । 

Advertisement

Advertisement