दोश्रो पटक कोरोना लागे ज्यानै जोखिममा

Advertisement

काठमाडौं । अमेरिकाका एक व्यक्तिमा दोश्रो पटक कोरोना संक्रमण देखियो । डाक्टरको रिपोर्ट अनुसार २५ वर्षिय ति व्यक्तिलाई अक्सिजनको मात्रा कमि देखियो र अस्पताल भर्ना गर्नु पर्यो । तर अहिले ति बिरामी ठिक भैसकेका छन् । संसारभर कोरोनाको दोश्रो पटक संक्रमण दर एकदमै कम छ । लैसेन्ट नामको एक संस्थाले गरेको अध्ययन अनुसार दोश्रो पटकको संक्रमण भने पहिलो भन्दा बढी जोखिमपूर्ण देखिएको हो ।

उनलाई २५ मार्चमा कोरोनाको प्रारम्भिक लक्षणहरु खोकी, घाँटी र टाउको दुखेको थियो । १८ अप्रिलमा उनलाई कोरोना संक्रमण देखियो । २७ अप्रिलमा सुरुआति लक्षण पुरै निको भयो । ९ र २६ मेमा कोरोना भाइरसको रिपोर्ट दोश्रो पटक नेगेटिभ आयो । 

२८ मेमा उनलाई पुनः लक्षण देखियो र यसपाली ज्वरो, टाउको दुख्ने, रिंगटा लाग्ने, खोकी, जिउ चिलाउने र पखाला लाग्ने जस्ता लक्षण देखा परे । ५ जुनमा दोश्रो पटक संक्रमण देखियो र उनको शरिरमा अक्सिजनको कमीले श्वास प्रश्वासमा समस्या भयो । 

Advertisement

Advertisement

Advertisement