काँग्रेसदेखि चीन रिसायो, प्रो-इण्डियन बनेको गुनासो

Advertisement

काठमाडौं । चीनले नेपाली काँग्रेस भारतपरस्त बन्दै गएको भन्दै काँग्रेसदेखि रुष्ट भएको छ । काँग्रेस नेताहरुले एकाएक चीनले नेपाली भूमि मिचेको भन्दै अभियान सुरु गरेको सन्दर्भमा चिनियाँ एक सञ्चार माध्यमले उक्त आरोप लगाएको हो । 

सरकार र सीमाविदहरुले चीनतर्फ भूमि अतिक्रमण नभएको बताउँदै आए पनि काँग्रेस नेता र भारतपरस्त मिडियाहरुले भने चीनले हुम्लामा नेपाली भूमि मिचेको जिकिर गर्दै आएका छन् । 

Advertisement

चिनियाँ पत्रिका ग्लोबल टाइम्समा प्रकाशित विदेश मामलासम्बन्धी चीनको धारणामा काँग्रेसलाई भारतपरस्तको आरोप लगाइएको छ । चीनले हुम्लास्थित नेपाली भूमि अतिक्रमण गरी भौतिक संरचना निर्माण गरिएको काँग्रेस नेताहरुले बताउँदै आएका छन् । 

विदेश मामला हेर्ने चिनियाँ अधिकारीको भनाई उदृत गर्दै ग्लोबल टाइम्समा चीनले नेपाली भूमि अतिक्रमण नगरेको स्पष्ट पारेको छ । काँग्रेसले नै आधिकारिकरुपमा चीनले सीमा अतिक्रमण गरेको बताएपछि चीनले सीमा विवादमा भारतले खेल्न खोजेको आरोप लगाएको छ । 

भारतीय मिडियाले घटनालाई तोडमोड गरी दुष्प्रचार गरेको र त्यसमा काँग्रेसमेत लागेको आरोप लगाइएको छ । भारतले अतिक्रमण गरेको लिम्पियाधुरासहितको भूमि फिर्ता गर्ने कुरा सेलाउँदै गएको छ भने चीनले अतिक्रमण गरेको भनिएको विषय चर्चाको विषय बनेको छ । 

Advertisement

Advertisement