शिलालेखमा नगरप्रमुखले आफ्नो नाम नलेखाएपछि उपप्रमुखले बबण्डर मच्चाइन्

कैलाली । घोडाघोडी नगरपालिकाले नयाँ निर्मित गरेको वडा कार्यालय भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा विवाद सिर्जना भएको छ । वडा नम्बर ७ को वडा भवन हस्तान्तरण कार्यक्रममा नगर उपप्रमुख प्रेमकुमारी थापाले भवनको शिलालेखमा आफ्नो नाम उल्लेख नगरेको भन्दै बबन्डर मचाएकी हुन् । 

शिलालेखमा मेयरको नाम भएको तर आफ्नो नाम समाबेश नभएको देखेपछि थापाले आपत्ति जनाउँदै शिलालेखमा ढुङ्गा प्रहार गरिन् । नगरपालिकाविरुद्ध नाराबाजी गर्दै उपप्रमुख थापाले शिलालेखमा ढुङ्गा र मुक्का प्रहार गरेकी थिइन् । 

कुनै छलफलबिना नगर प्रमुखले एकलौटी ढङ्गबाट नाम लेख्न दिएको उनको आरोप छ । कार्यक्रममा सहभागीहरुले सम्झाउने प्रयास गरेका थिए । तर थापाले आफ्नो नाम बिनाको शिलालेखा स्वीकार्य नहुने भन्दै सुधार नगरेसम्म नछोड्ने बताएकी छन् ।