भीम रावल भन्छन्– सरकार ! दशैं भत्ता मेरो फिर्ता लैजाउ, अरु साँसदले पनि फिर्ता गरुन

Advertisement

काठमाडौं । सत्तारुढ दल नेकपाका सांसद भीम रावलले आफ्नो खातामा हालिएको दशैं भत्ता फिर्ता गर्न सरकारलाई आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले संसद सचिवालयमार्फच आफ्नो बैंक खातामा हालिएको दशैंभत्ता फिर्ता गर्न आफूले समर्थन जनाइसकेको बताएका हुन् । 

ट्वीट गर्दै उनले लेखेका छन्, ुखातामा भत्ताको रकम राखिएको थाहा पाइयो । हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनै पनि जनप्रतिनिधिले दसैं भत्ता नलिने व्यवस्था गरियोस् । सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ । मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ ।’ रावलले अरु साँसदहरुले पनि रकम फिर्ता गर्नुपर्ने तर्क गरेका छन् । 

Advertisement

जनता रोग र भोकमा छटपटाइरहेको बेला साँसद र उनका सहयोगीहरुले करोडौं रुपियाँ दशैंभत्ता बुझेको भन्दै चर्को आलोचना हुन थालेपछि भीम रावलले यस्तो निर्णय गरेका हुन् । केन्द्रदेखि प्रदेशका साँसद र उनीहरुका सहयोगीहरुलाई करोडौं रुपियाँ दशैंभत्ताबापत रकम दिइएको छ । साँसदहरुले गत बर्षदेखि दशैं भत्ता खान थालेका हुन् । त्योभन्दा अघि उनीहरुलाई दशैंभत्ता दिने चलन थिएन् । नियममा साँसदहरुले दशैंभत्ता दिने चलन नभए अवैधानिकरुपमा रकमा खातामा हाल्ने र हाल्न लगाउने काम भएको विज्ञहरुले बताएका छन् । 

Advertisement

Advertisement