चाडपर्वमा डिपार्चरः भर्चुअल टीका, डिजिटल दक्षिणा

Advertisement

काठमाडौं । यसपाली सरकारले नै दशैं मनाउन गाउँघर नजान आव्हान गरिसकेको छ । जो जहाँ जुन अवस्थामा छन्, त्यहिँ सोही अवस्थामा बसेर दशैं मनाउन सरकारले नागरिकलाई आग्रह गरेको हो । कारण, हो कोरोना संक्रमणको महामारी । संसार परिवर्तनशिल छ, यो प्राकृतिक नियम नै हो की जो।जे समय अनुसार बदलिन सक्दैनन्, त्यसको पतन अनिवार्य छ । 

परिवर्तन स्वरुप नै चैतमा मनाइँदै आएको दशैंलाई असोज कात्तिक(सरद ऋतु)मा सारिएको कथन छ । गर्मी मौसममा खानपानका कारण रोगव्याधीले सताएपछि हाम्रा पुर्खाहरुले दशैंलाई सारेर शरद ऋतु अर्थात असोज।कात्तिकमा ल्याईदिएका थिए । जुन चाडबाडमा एउटा महत्वपूर्ण डिपार्चर थियो ।

यसपाली कोरोनाले अर्काे डिपार्चर ल्याईदिएको छ, भर्चुअल टीका: डिजिट दक्षिणा । चाडपर्वको यहि डिपार्चरलाई व्यवसाय विस्तारको अवसरका रुपमा उपयोग गर्न तातेका छन् डिजिटल पेमेन्ट सर्भिस प्रदायकहरु । इसेवा, आइएमई पे, प्रभु पे, सेल पे, खल्ति लगायतका सबै जसो डिजिटल पेमेन्ट सेवा प्रदायकहरुले दशैं अफर ल्याएका छन् । त्यस बाहेक कनेक्ट आइपीएसबाट पनि दशैंमा दक्षिणा दिन र लिन सकिन्छ ।

सरकारले नै सार्वजनिक रुपमा आव्हान गरेको र नागरिक स्तरबाट पनि कोरोनासँग  जोगिनका लागि यथास्थानमै दशैं मनाउने अवस्था निर्माण भैरहेको छ । त्यसकारण पनि यतिबेला काठमाडौं लगायतका शहरबाट दशैं मनाउन गाउँघर जाने मानिसहरुको संख्या घटिरहेको छ र सार्वजनिक सवारी साधन रित्ता रित्तै बनिरहेका छन् । के घर जान नपाइने र वा जान नचाहाने भएपछि दशैं मनाउन पाइँदैन त ? त्यस्तो पक्कै पनि होइन । अहिले प्रविधिले भर्चुअल दशैं(टीका) लगाउने सुबिधा दिएको छ ।

अब सवाल आउँछ भर्चुल टिका लगाएपछि दक्षिणा कसरी ? त्यसका लागि पनि डिजिटल माध्यम छदैँ छन् । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख कार्यकारी निर्देशक भुवन कँडेल भन्छन्–‘हामीले विद्युतिय माध्यमबाट कारोबार गर्न निरन्तर प्रोत्साहित गर्दै आएका छौं, यसपाली टिका पनि भर्चुअल लगाएर डिजिटल दक्षिण लिन सकिन्छ, हामी यसलाई पनि थप प्रोत्साहन गरिरहेका छौं ।’

उनले कोरोना कालमा विद्युतीय कारोबार दर र दायरा दुबै वृद्धि भएको पनि बताए । राष्ट्र बैंकले डिजिटल पेमेन्टका सेवा प्रदायकहरुलाई बजार विस्तारका लागि सहजीकरण गरिरहेको पनि बताए । उता, प्रभु पेका जनरल मेनेजर विक्की शाहीले पनि दशैंलाई बजार विस्तारको उपयुक्त माध्यमका रुपमा लिएको बताए । ‘भर्चुअल टिका लगाए पछि नगदमा दक्षिणा दिने कुरै भएन, त्यस्तो अवस्थामा दक्षिणा पनि डिजिटल दिनुपर्छ, डिजिटल दक्षिण दिने कुरालाई उपयोग गरेर बजार विस्तार गर्न सकिने अवसर छ’, प्रभु पेका जीएम शाहले कर्पाेरेट नेपालसँग भने ।

प्रभु पेले दशैंमा नयाँ रजिष्ट्रेशन गर्नेलाई ३० रुपैयाँ र अरुलाई रिफर गर्दा पनि ३० रुपैयाँ दिने अफर अघि सारेको छ । त्यस बाहेक अनलाइन सपिङको पेमेन्ट गर्दा १० प्रतिशत छुटको व्यवस्था पनि गरेको छ । इसेवाले पनि दशैंका लागि अफरहरु ल्याएको छ, जसबाट उपभोक्ताले हरेक हप्ता मोटरसाइकल उपहार पाउनेछन् । आइएमई पेले पनि दशैंमा रिचार्ज र खरिद बिक्रिमा छुट तथा क्यासब्याक अफर दिएको छ । 

खल्तीले नेपाल टेलिकमको रिचार्ज गर्दा २ प्रतिशत क्यास ब्याक र १० प्रतिशत बोनस दिने योजना ल्याएको छ । सेल पेले पनि दशैंमा आफ्नो गेटवेबाट भुक्तानी गर्नेहरुलाई १० प्रतिशतसम्म्मको क्यासब्याकसहितको योजना अघि सारेको छ ।

Advertisement

Advertisement

Advertisement