एनआइबिएल सहभागिता फण्डले लागु गर्यो स्वचालित कारोबार प्रणाली

Advertisement

काठमाडौँ । नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत संचालनमा रहेको एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) संचालनमा आएको एक वर्ष पूरा भइसकेको छ । 

यस अवसरमा योजना व्यवस्थापकले आवश्यक पूर्वाधार निर्माण गरी कारोबारलाई थप प्रभावकारी तथा सहज बनाउन र योजनाको पँहुचलाई ईन्टरनेटको माध्यमद्धारा आम लगानीकर्ताहरु माझ सहजै उपलब्ध गराउने उद्देश्यका साथ यस फण्डको स्वचालित कारोबार प्रणाली आजदेखि लागू गरिएको छ । 

Advertisement

योजनाको स्वचालित विद्युतीय कारोबार प्रणाली मार्फत आम लगानीकर्ताहरु तथा इकाईधनीहरुले हालका लागी योजनाका ईकाई खरिद गर्न सक्ने, व्यवस्थित लगानी योजनामा दर्ता, व्यवस्थित लगानी योजनाको किस्ता रकमको भुक्तानी, यूजरदर्ता तथा यूजर लगइन मार्फत अन्य विभिन्न सुविधाहरु प्राप्त गर्न सक्ने छन् । 

Advertisement

Advertisement