विद्युत प्राधिकरणको ट्रेड युनियनका एक नेता बालिका बलात्कारको आरोपमा पक्राउ

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा कार्यरत अधिकृतस्तरका एक कर्मचारी बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन् । प्राधिकरणमा सहायक कम्युटर अधिकृतको रुपमा कार्यरत शंकर बाराकोटीलाई गौशाला प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । 

प्राधिकरणभित्र नेपाली काँग्रेसनिकट नेबिप्रा कर्मचारी संघको सहअध्यक्षसमेत रहेका उनलाई जोगाउने प्रयासअन्तर्गत प्रक्राउ परेको नौ दिनदेखि गुपचुप राखिँदै आएको थियो । गत असोज २५ गतने चावहिलस्थित ए वान क्याफेमा १० बर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका बाराकोटी गम्भीर आरोपमा पक्राउ पर्दा पनि प्राधिकरण व्यवस्थापन उनलाई निलम्बन नगरेर बचाउने प्रयासमा लागेको प्राधिकरणका एक कर्मचारीले जानकारी दिए ।

Advertisement

यसअघि सामान्य ठगी र चोरीको आरोप लागेर पक्राउ पर्नासाथ त्यस्ता कर्मचारीलाई निलम्बन गर्ने गरेको प्राधिकरणले यस पटक भने कर्मचारी संगठनको नेता भएकाले निलम्बन गर्न आँट गर्न सकेको छैन् । 

यसअघि पनि पटक पटक बदमासी गर्दै प्रहरी हिरासतमा पुग्ने गरेका बाराकोटी प्राधिकरणको कर्मचारी संघको आडबलमा छुटदै आएका थिए । प्राधिकरणभित्र पनि खराब रेकर्ड रहेका उनलाई कर्मचारी संगठनकै नेताहरुले संरक्षण गर्दै आएका थिए । 

Advertisement

Advertisement